धरान : ओखलढुङगा सिद्धिचरण नगरपालिका-३ असिनेमा बोलेरोलाई स्काभेटरले झारेको डुङ्गाले किच्दा बोलेकोमा सवार ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आज बिहान ९ बजे निशंखेबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा झरेर उक्त बोलेरो गाडीलाई किचेको थियो । सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोलीले बोलेकोमा सवार ६ जनालाई उद्धार गरी सामुदायिक अस्पताल मिसन ओखलढुङ्गामा पठाएको थियो।

घाइते मध्ये ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसब कोइराला, ७ वर्षीय युनिसा कोइराला र ओखलढुङ्गा मानेभञ्याङ १ मोलीका ३० वर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुङ्गा मानेभञ्याङ १ मोलिका ३० वर्षीय सन्दीप श्रेष्ठ, ४२ वर्षीय देव बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ वर्षीय लक्ष्मी कोइरालाको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

एक्स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको प्रहरीले जानकारी दिएको छ।