इटहरी : इटहरी-२० तरहरा पानीपिया गणेशमन्दिर परिसरमा तरहरा पानीपिया आध्यात्मिक विकास संस्थाको आयोजनामा हरिवोधनी एकादशी पर्व तथा फूलतार्ने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यवाहक वडाध्यक्ष राधादेवी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पित्री उद्दारको साथै दुर्घटनामा परेर मृत्यु भईरहने स्थान भएकोले मानव कल्याण र विश्वशान्तिका लागि उक्त कार्यक्रम गरिएको संस्थाका सचिव कमल दाहालले जानकारी दिए । संस्थाकी अध्यक्ष सारदा कटवालको सभाध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।