दमक : झापाको मेचीनगर नगरपालिका ९ की ५७ वर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतबार बेलुका साँढे ५ बजेको समयमा आफ्नै बारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गाईवस्तु धपाउने क्रममा करेन्ट लागेर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।