धरान : लायन्स कल्ब अफ धरान बुढासुब्बाको आयोजनामा र अप्थामोलोजी डिपार्टमेन्ट वि पि को प्राविधिक सहयोगमा किरातेश्वर मावी धरान १९ मा एक दिने आँखा शिविर सम्पन्न भएको छ ।

विधालयका कक्षा १६ वर्ष मुनिका विधार्थी २०० भन्दा बढीले आँखा जाँच गराएका थिए । जसमा औषधी आवश्यक पर्नेलाई निःशुल्क औषधी वितरण गरिएको थियो १० जना कमजोर ज्योती भएका विधार्थीलाई सेवा सुविधा प्रदान गरिने लायन्सकी अध्यक्ष कबिता लिम्बुले बताईन् । साथै विद्यालयका १५ जना जेहेन्दार विद्यार्थीलाई एक एक दर्जन कापी वितरण गरिएको उनले जानकारी दिइन् ।
लायन्सका एम जे एफ धिरज गुरुङको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रममा ,विषेश अतिथि बरिष्ठ आँखा रोग विषेशज्ञ प्राध्यापक डा. बद्री प्रसाद बडु, लायन्सका पधाधिकारी, लियोका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

kirat 1