भोजपुर: भोजपुरको षडानन्द नगरपालिका १२ सुनखानीस्थित जुनार सर्किएर एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो १ बजेको समयमा स्थानीय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका १२ दाइजोरका ५० बर्षीय मानबहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यू भएको हो । घटनाबारे जानकारी पाएर प्रहरी चौकी देउरालीको टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया थालेको जनाएको छ ।