इटहरी : इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ ।

वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा खाद्य समाग्री पठाइएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताएका छन् । सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री वुझाइएको हो । लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एकहप्तालाई पुग्ने राहत वितरण थालिएको प्रमुख चौधरीले वताए ।

यस भन्दा अघि वडा नम्वर १ र १७ को मुसहर वस्तिका विपन्न नागरिकलाई खाद्यय समाग्री वितरण सुरु गरिएको थियो । इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख वरावरको राहत वितरण गर्ने निर्णय अनुसार राहत वितरण थालिएको हो ।

वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरि राहत वितरण गरिने बताईएको छ । यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि पनि आग्रह गरेको छ ।

नेपाल वैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघसस्थाहरुलाई उपमहानगरले आग्रह गरेको छ ।