इटहरी : इटहरीमा दैनिक उपभोग्य वस्तुहरु वेचविखन गर्ने पसलहरुमा सामाजिक दुरी कायम गर्न रेखाङ्कन गरिएको छ ।

नगरपालिकाका कर्मचारी सहित बजारमा पुगेर इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम आफैले रेखाङ्कन गरेकी हुन् । करिव २० वटा पसलमा डेढमिटर दुरी कायम गरेर रेखाङ्कन गरिएको उनले बताईन । सब्जि, दुध डेरी र खाद्यन्न पसलहरुमा साँझपख धेरै भीड लाग्ने गरेको अनलाइन उजुरी आएपछि रेखाङ्कन गरिएको हो ।

रेखांकन गरिएपछि सर्वसाधारण त्यहि गोलोघेरामा रहेर सामान खरिद गर्न थालेका छन् । यसैबिच लकडाउन पछि पहिलो पटक इटहरीमा वजार अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार आलु र प्याजको होलसेल पसलहरुको अनुगमन गरिएको हो ।

विशेष गरेर आलु र प्याजमा अचाक्ली भाउ वढाएको गुनासो आएपछि बजार अनुगमन गरिएको संयोजक गौतमले बताईन् ।