ओखलढुङ्गा : सुनकोसी-१० कुसादेवी बस्ने महेश्वर बास्तोलाको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

आज बिहान ०७ बजे बास्तोलाको घरमा बिधुत सट भई आगलागी हुँदा घर, घर भित्र रहेको भाडावर्तन, अन्नपात,लत्ताकपडा यसै गरी ३ तोला सुन, ७ तोला चाँदी र नगद १ लाख ५० हजार समेत गरी जम्मा २० लाख बराबरको धनमाल जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आगो स्थानीय बासीको सहयोगमा नियन्त्रणमा आई सकेको उक्त कार्यालयले जनाएको छ ।