धरान: नेवारी सँस्कृतिमा भैरव काली नृत्य दुर्लभ मानिन्छ । सँस्कृतिविद्हरुका अनुसार यो नृत्य करिब ३ सय बर्ष पुरानो हो । यस्तै, पञ्चकुमारी नृत्य पनि नेवारी सँस्कृतिको अत्यन्तै महत्वपुर्ण छ । दफा बाजाको तालमा नाचिने यो नृत्य पनि ३ बर्ष पुरानो हो ।

कुनै समय उपत्यकामा राज्य चलाएका मल्ल अर्थात नेवार जाति कला, साँस्कृतिका धनि छन् । यद्यपी, आधुनिकता र बसाईसराईको क्रमसँगै आफ्नो सँस्कृति, कला, परम्परा बिर्सने क्रम पनि बढ्दै छ । यही कुरालाई मध्यनजर गर्दै धरानमा नेवाः सँस्कृति उत्थान मञ्च स्थापना भएको छ । नेवारी सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले स्थापना भएको यो मञ्चले सोमबार धरानमा यीनै ३ सय बर्ष पुरानो नेवारी सँस्कृति एवं नृत्यहरु प्रस्तुत गर्यो ।

_DSC1166-01.jpeg copy

भानुचोकमा आयोजित माता पञ्चकुमारी नृत्य २०७५ कार्यक्रममा गणेश पुजासँगै धिमे बाजा बनाएर साँस्कृतिक कार्यक्रम शुरुवात भएको थियो । कार्यक्रममा पञ्चकुमारी नृत्य, दुर्लभ चर्या नृत्य, महामञ्जुश्री, कौमारी, बज्रयोगिनीलगायत नृत्य पनि प्रस्तुत भएको थियो । नेवारी सँस्कृतिलाई जर्गेना एवं संरक्षण गर्ने उद्देश्यले मञ्चले यो कार्यक्रम आयोजना गरेको संस्थापक अध्यक्ष नविन किसोर तमोटले जानकारी दिए । मञ्चले युवा, किसोर, बालबालिकाहरुलाई नेवारी सँस्कृति, बाजा बजाउने प्रशिक्षण दिइरहेको पनि उनले बताए ।

आयोजक संस्थाकी अध्यक्ष चन्द्र हलवाईका अनुसार लोप हुदै गएको नौमति बाजा, धिमे बाजा, बाँसुरी लगायतको तालिम दिएर संरक्षण गर्ने उद्देश्य राखिएको छ । यस्तै, नेवारी संग्रहालय भवन बनाउने पनि लक्ष्य राखिएको उनले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । कार्यक्रममा नेवारी सँस्कृति एवं नृत्यबाहेक विभिन्न जातिको मौलिक नृत्य र आधुनिक गीतहरुमा पनि नृत्य प्रस्तुत गरिएको थियो ।

तस्बिरहरु: सनम तामाङ

_DSC1168-01.jpeg copy

_DSC1196-01.jpeg copy

_DSC1169-01.jpeg copy

_DSC1123-01.jpeg copy

_DSC1139-01.jpeg copy

_DSC1137-01.jpeg copy