धरान: आज १९९ औै अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस । मे १२ अर्थात लेडी विथ द ल्याम्पको उपनामले परिचित विश्व परिचारिका फ्लोरेन्स नाइटिङ्गलको जन्म दिन पारेर प्रत्येक बर्ष यो दिवस मनाउने गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत त्यहा कार्यरत नर्सहरुले यो दिवस मनाएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । चिकित्सकले चेकजाच गरिसकेपछि स्वस्थ्यको सम्पूर्ण हेरविचार नर्सहरुबाट नहुने गरेका कारण बीपीमा नर्सहरुको कोटा बढाउनुपर्नेमा सरोकारवालाहरुले बताएका थिए । प्रतिष्ठानमा आकस्मिक, जिओपिडी, मेडिसन, शल्यक्रिया लगायत गरी ८ सय शैया रहेका छन् भने नर्सहरुको सं्ख्या ६ सय २१ रहेको छ ।

१ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले बीपीका नर्सहरुको विहेवका बारेमा कही कतै केही कुरा सुन्नमा आउने गरिएको बताए । उनले अब यस्ता आरोपलाई चिर्दै बीपीका नर्सहरु अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले अहिले नर्सिङ्गमा गुणस्तरीय भन्दा पनि संख्यात्मक रुपमा नीजि रुपमा नर्सिङ पढाइ हुने संस्थाहरु खुल्ने क्रम बढेको बताउदै तर बीपीमा पढेका विद्यार्थीहरुको विश्वमै राम्रो सन्देश जाने गरेकोप्रति खुशी व्यक्त गरे ।

IMG_2847

प्रतिष्ठानको चापअनुसार प्रतिष्ठानमा कार्यरत नर्सहरु अपुग भएको प्रतिष्ठानस्थित नेपाल नर्सिङ्ग संघका अध्यक्ष डा. उपेन्द्र यादवले बताए । उनले समयमा भर्ना नखुलाउने र धेरै जसो नर्सहरु विदेश पलायन हुने गरेका कारण यो समस्या आएको बताए । उनले भने,‘८ सय शैयाको अस्पतालमा ६ सय २१ नर्सले धान्नुपर्ने बाध्यता छ ।’ त्यसो त नर्सिङ्ग सेवामा धेरै सम्भावनाहरु भएको नर्सिङ्ग पेशामा आवद्ध हुनेहरुले बताएका थिए । नेपाल नर्सिङ संघकी केन्द्रीय उपाध्यक्ष तारा साहले समयसंगै नर्सहरुमा चुनौती थपिदै गएको र दिन प्रतिदिन अपग्रेड हुदै जानुपर्ने बेला आएको बताइन । उनले भनिन्,'अहिले छ्यासछ्यास्ती खुलेका नर्सिङले गुणस्तर भन्दा पनि संख्यात्मक नर्सहरु उत्पादन गर्ने काम गरेको छ, यसलाई न्युनीकरण गर्दै लानुपर्छ ।’ उनले नर्सिङ पेशा स्वास्थ्यसग जोडिएका कारण यस पटकको नारा सबैका लागि स्वास्थ्य राखिएको बताइन् ।

यता भर्खरै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरुले समेत नर्स अहिले गुणस्तरीय स्वस्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । विएसस्सी नर्सिङ्गमा चौथो बर्षमा अध्ययनरत विद्यार्थी निकिता ढकालले आफ्नो पढाइका विषयमा अनुभव साटासाट गर्दै नर्स पेशा खाली सुई हान्ने विरामीलाई औषधि दिनेमात्र काम नभएको बताइन । उनले भनिन्,'यो पशामा धेरै जिम्मेबारी छ, निर्वाह गर्न कठिन छ ।’ उनले विगतका हेयको हिसाबले हेर्ने यो पेशाले अहिले भने यसमा आकर्षण बढ्दै गएकोे बताइन् । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, नर्सिङ कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख प्रो अंकुर बडु लगायतले समेत बालेका थिए ।