छली रोगलाई भनेको छ बस्न ।
सही दु:ख धेरै परेको छ बस्न ।।
नबस्दा कतै रोग यो सर्नसक्छ ।
खपी कस्ट केही बसे टर्नसक्छ ।।
सबै दु:खमा छन् ,सुखी को कहाँ छ ?
कमी धैर्यको,त्रास,चिन्ता बढी छ ।।
हटाऔँ निराशा र चिन्ता घटाऔँ ।
महारोग निर्मूल पारी हटाऔँ ।।
सुनौँ दु:खमा दुःखको मर्म बोल्छ ।
बुझौँ दु:ख मै दु:खको मूल्य हुन्छ ।।
मभित्रै मजस्ता अरु बिम्ब आऊ ।
म 'हामी' भई दु:ख बाढौँ सघाऊ ।।