धरान : प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ। यही क्रममा आज धरानको विष्णुपादुका मन्दिरमा ठुलो मेला लागेको छ ।

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि अनुसार हरेक पौषे औँसीका दिन विष्णुपादुकामा श्राद्ध गर्नेहरूको ठुलो भिड लाग्ने गर्दछ ।

गत वर्ष कोरोना महामारीका कारण मेला नलागेको विष्णुपादुका मन्दिरमा आज भने हजारौँ भक्तजनले मन्दिर परिसर कोकाहा खोला किनारा भरिएको छ । हिजै देखि मन्दिर परिसरमा भक्तजन पुगेर बास बसेका थिए । आज बिहान ३ बजे देखि बिष्णुपादुका मन्दिरमा भक्तजन आउन थालेको स्थानीयले बताएका छन् ।

Bishnupaduka-ma-mela-1

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको बताइन्छ। यसै अनुसार हरेक पौषे औँसीका दिन विष्णुपादुका मन्दिरमा श्राद्ध गर्नेहरूको ठुलो भिड लाग्ने गरेको छ । बिष्णुपादुकामा आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू यहाँ आउने गर्दछन् । यहाँ श्राद्ध गरेपछि भारतको काशी र गया गएर श्राद्ध गर्नु नपर्ने जनविश्वास छ ।

धरान बजार देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुकाको महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेख गरिएको छ । बिष्णुपादुका सुनसरी जिल्लाको प्रख्यात धार्मिक स्थल हो । धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका को महत्त्वलाई मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरी, श्राद्ध परम्पराको थालनी गरेका स्थानको रूपमा पुराणमा उल्लेखित छ ।

प्रत्येक वर्षको पौष शुक्ल औँसीका दिन आफ्ना पितृहरूलाई पिण्ड तर्पणका लागि लाखौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बीहरू यहाँ आउने गर्दछन् ।

Bhid

वि.सं. १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको हो । यस मन्दिरमा आदिवासी जनजाति समुदाय तामाङ जातिका प्रमुख पुजारी हुने चलन छ । प्रमुख पुजारी तामाङ रहे पनि पितृ श्राद्धको विधि चाहिँ ब्राह्मण पुजारीले नै गर्छन् । धार्मिक र जातीय सद्भावको उत्कृष्ट नमुना उक्त मन्दिरमा तामाङ जाति पुस्तौँदेखि पुजारीका रूपमा रहेका छन् ।

बिहानै देखि बिष्णुपादुका मन्दिरमा थामिनसक्नुको भिड बढेकोले सवारी व्यवस्थापन गर्न निकै हम्मे हम्मे भएको विष्णुपादुका प्रहरी चौकीका प्रमुख नारायण बहादुर दर्जीले जानकारी दिएका छन्। उनका अनुसार अहिले सम्म ५० हजार बढी भक्तजन मन्दिर परिसरमा पुगेका छन् । सवारी साधनको अत्यधिक चापका कारण पार्किङ व्यवस्थापनमा समेत समस्या भएको छ ।

Bishnupaduka-ma-gadiko-bhid Bishnupaduka-ma-melaGadi Gadi-1 Bishnupaduka-ma-mela-3 Gadi-3 Gadi-2