पाँचथर ताप्लेजुङमा एक दशक अगाडि खुकुरीहरू चलेर दर्दनाक घटनाहरू घटिरहेका थिए । धरानमा पनि निकै पहिला यस्ता घटना यदाकदा सुनिँदै आएको थियो । यो अत्यन्तै दर्दनाक र सहन नसकिने मार्मिक र ह्दयविदारक घटना हो ।
धरानमा खुकुरी सम्बन्धी दर्दनाक घटना हुनु हुँदैन भन्ने उद्देश्य यो लेखको रहेको छ । निकै अगाडि घटित भई बिचमा शान्त रहेको धरानमा यस्ता घटना फेरि घटित भएको सुन्दा म लगायत धरानवासीहरू अत्यन्त निराश छन् । यस्ता घटनाहरूको न्यूनीकरणको लागि के धरानमा रहेका खुकुरी उद्योगहरू नै मास्नु पर्ने हो त आज प्रश्न यो भइरहेको अवस्था छ । उद्योग नै बन्द गर्दा त्यहाँ रोजगारी पाइरहेका सयौँको सङ्ख्याका कामदार, मजदुरहरूको रोजीरोटी खोसिने भएकोले उद्योग बन्द नगरी खुकुरी घटनालाई कसरी न्यूनीकरण गर्ने भन्ने आजको टड्कारो आवश्यकता रहेको छ ।
हात हतियार ऐन अन्तर्गत हरेक घरमा रहेका हातहतियारहरूको अभिलेख राख्दै कानुनी रूपमा दर्ता गरी राख्ने प्रक्रिया अगाडी बढाउँदा यस्ता घटनाहरू क्रमशः कम हुँदै जान्छ कि भन्ने लेखकको अभिप्राय रहेको छ ।
भर्खरै धरान-१६ मा खुकुरी काण्ड दोहोरिएको घटनाले धरानवासी स्तब्ध भएका छन् । घाइतेहरू प्रति लेखक शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
जतिसुकै रिस राग भए पनि, बेमेल भए पनि, घरायसी मनमुटाब भए पनि, घर झगडा भए पनि खुकुरी नै चलाइहाल्नु मानवीय कार्य भन्दा बाहिरको कुरा हो । त्यो भन्दा पहिला कयौँ समाधानका बाटाहरू हुँदाहुँदै किन खुकुरी नै चलाउन पुग्छन् र त्यसको समाधानको बाटो के हुनसक्छ त्यसको खोजी राज्यले गर्नुपर्ने हुन्छ ।
मानवीय चोलाको रूपमा जननी रुपी धर्तीमा जन्म लिएपछि त्यसले कम्तीमा मानवीय कार्यहरू केके हुन् भन्ने बुझ्न आवश्यक छ र परिवारले पनि आफ्ना नानीहरूलाई त्यस सम्बन्धी राम्रो र सकारात्मक शिक्षा दिँदा पछि गएर त्यस्ता घटनाहरू क्रमशः नहुनुपर्ने मलाई लाग्दछ ।
मानवीय कार्य भन्दा बाहिर गई कसैको उक्साहटबाट खुकुरी बोक्ने र घटना घटाउने प्रचलन पनि यदाकदा रहेको हुँदा त्यो कार्य मानवीय कार्य भन्दा बाहिरको भएकोले त्यस्तो कार्य गर्न वञ्चित गर्नुपर्दछ ।
विगतमा विकट क्षेत्रहरूमा सुनिँदै आएको खुकुरीको घटना आजभोलि नाम चलेका सहरहरूमा चल्ने गरेको देखिन्छ यसलाई रोक्नको लागि राज्यले तुरुन्त कदम चाल्दै रोक्ने तर्फ पाइला अगाडि बढाओस् भन्ने आम जनताको माग रहेको छ ।
धरान जस्तो सहरमा खुकुरीको घटना दोहोरिएको सुन्दा स्थानीय सरकार मूकदर्शक हुनुहुन्न । राज्यको पुनः संरचना भई १ नंं प्रदेश सरकार बनिसक्दा पनि प्रदेश सरकारले यस्ता घटनाहरूको नियन्त्रण गर्न कुनै उपायको खोजी गरेको देखिँदैन, यो अत्यन्त लज्जाको विषय हो ।
लेखकको अभिप्राय के हो भने पाँचथर, ताप्लेजुङ जस्ता विकट विकट पहाडी क्षेत्रमा अझ भनौँ भारतसँग सीमा जोडिएका विकट विकट क्षेत्रमा यस्ता घटनाहरू भई राखेका र यस्ता घटनाहरूलाई कसरी रोक्ने भन्ने सम्बन्धमा शिक्षा नै सबैभन्दा ठुलो कुरा हो । खुकुरीलाई मानवीय क्षतिमा कदापि हैन, विवेक सहित मात्र सदुपयोग र सुविधा तथा असजिला पन्छाउने क्षेत्रमा मात्र प्रयोगमा ल्याउनुपर्ने शिक्षा दिन आजको आवश्यकता रहेको लेखकको भनाई छ ।
१ नं. प्रदेशमा यस्ता घटनाहरू घटित भइसकेका र यसमा संम्लग्नलाई कानुनी दायरामा ल्याई कडाइका साथ कारबाही चलाउनु पर्ने हुन्छ जो प्रदेश सरकारले त्यता पनि ध्यान दियोस् ।
पाँचथर, ताप्लेजुङ तथा धरान खुकुरीमा बदनाम भएका क्षेत्र हुन् खुकुरीलाई लाइसेन्स जस्तै सुल्क लिने जमर्को राज्यले गर्नु पर्ला जस्तो लाग्दछ । यद्यपि साध्य हुँदैन अपराध स्वीकार्य छैन । धन्यवाद ।