• अर्जुन काफ्ले
नक्कली भुटानी शरणार्थी वारे चर्चा चलिरहँदा मोरङ्ग पथरीका दिपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थी वारेको इतिहास समेटिएको पुस्तक पाठक समक्ष ल्याएका छन् ।
तिम्सीनालाई दशक देखि पत्रकारीतामा छन् । उनलाई पत्रिकामा कुन समाचार कुन पातोमा राख्ने भन्ने ध्याउन्न हुन्थ्यो । २०६० को दशकमा सक्रिय पत्रकारीता गरेका तिम्सीना पछिल्लो समय पत्रकारबाट पुस्तक लेखक र संकलकका रूपमा परिचय बदल्ने प्रयासमा छन् ।
उनले लेखेका संकलन गरेका पुस्तक चर्चामा आए पनि नआएपनि दिपेन्द्र निरन्तर पुस्तक प्रकाशन गरिरहेका छन् । २०६८ सालमा टेलिफोन डायरी नामको पुस्तकलाई बजारमा ल्याएका तिम्सीनाले यसपछि करिब दर्जन पुस्तक लेखिसकेका छन् ।
कुनै वेला समाचार संकलनका लागी भ्याइनभ्याइ गर्ने उनी अहिले पुस्तकका सन्दर्भ सामाग्री संकलन गर्न, त्यसको अनुसन्धान गर्न र त्यस विषयमा अध्ययन गर्न व्यास्त देखिन्छन् । कोरोनाकालमा समेत सृजनात्मक काममा लगाएका तिम्सीनाले त्यहि वेला दुई पुस्तकलाई बजारमा ल्याए ।
झापा र मोरङ्गमा बसोबास गरिरहेका धिमाल जाती वारे पुस्तक लेखेका उनीले अहिले झापा र मोरङ्गमै बसोबास गर्ने भुटानी शरणार्थी वारे पुस्तक तयार पारेका छन् । सधैँ हतारमा देखिने तिम्सीनाले पछिल्लो भूटानी शरणार्थीको कथालाई पुस्तकका रूपमा उतारेका छन् ।
‘माईखोला देखि पुनर्वाससम्म’ नामक पुस्तकलाई हालैमात्र पाठकको हातमा ल्याएपछि यो कृती अव तिम्सिनाको मात्र भएको छैन् पाठकको पनि भएको छ । नेपाल र भुटानको इतिहास देखी नेपालीहरूको भुटान प्रवेश मात्रै खोज गरेका छैनन्, पुस्तकका लेखकले नेपाल भाषी भुटानीको शरणार्थी जिवनलाई समेत शब्दका रूपमा उतारेका छन् ।
दुई दशक देखी झापा र मोरङ्गका शरणार्थी शिवीरमा शरणार्थीका रूपमा रहेर जीवन यापन गरेका तिनै भुटानी शरणार्थीका बारेमा खोजमुलक पुस्तक प्रकाशित गर्नु चानचुने काम हैन् । सिमीत श्रोत साधनको प्रयोगले नेपाली भाषी भुटानीहरूको इतिहास लेख्न सकेका छन् तिम्सीनाले ।
समयकालमा कमै लेखिने यस्ता इतिहास आज भन्दा भोलीका दिनमा थप महत्त्वपूर्ण संग्रह हुनेछ । यो पुस्तकमा नेपाल भुटान गोरखा राज्यदेखिको सम्बन्धको इतिहास उक्काएका छन् तिम्सीनाले । त्यो वाहेक भुटानी राजाको जन्म नेपालमा भएको इतिहास देखि पृथ्वीनारायण शाहको जन्म भुटानी तान्त्रिक लामाद्वारा गरिएको इतिहास सम्म यो पुस्तकमा संग्रहित गरेका छन् ।
हाम्रा धार्मिक सम्पदाहरूमा भुटानीहरूको सम्बन्ध के थियो भन्ने जान्न पनि यो पुस्तक पढ्न आवश्यक छ जहाँ खोटाङ्ग हलेसी मन्दिर, गुरु पद्मसम्भवले जोडेको धार्मिक सम्बन्धका बारेमा लेखिएको छ । यही पुस्तकमा नेपाल भाषी भुटानीहरूमा भुटानी राज्यसत्ताले भुटानमा गरेका चर्चित हत्याकाण्डहरूका बारेमा पनि लेखिएको छ । नेपाल भाषी भुटानी शहिद र राजवन्दी वारे लेखिएको पुस्तक वास्तवमा यो एउटा पूर्ण प्याकेज हो भनेर भन्न कन्जुस्याइ गर्नु हुन्न ।
नेपालीभाषी भुटानीहरू  कसरी नेपाल लखेटिएका थिए । त्यसपछि माईखोला बगरमा सुरुको कष्टकरपुर्ण बसाइँ कस्तो थियो । स्वदेश फिर्तिको लागि शरणार्थीले गरेका आन्दोलनका बारेमा पुस्तकमा संग्रहित गरिएको छ । इतिहास केलाउने क्रममा लेखकले नेपाल भुटान बिच भएको वार्ताहरू कुन कुन चरणमा कुन कुन स्तरमा भए सम्मका इतिहास खोतलिएको छ ।
पुस्तकलाई लेखकले इतिहास, भाषा तथा साहित्य, संगित तथा खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ वटा खण्डमा बिभाजन गरेका छन् । जम्मा ४०० पेजको रहेको संग्रह भुटानी शरणार्थी र यो वारे अध्ययन गर्नेका लागी महत्त्वपूर्ण सामाग्री हुन सक्छ । तिम्सीनाका यस अघि ९ वटा पुस्तक प्रकाशित भइसकेको छ ।
टेलिफोन डायरी, मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नं.२ एक चिनारी, पथरी शनिश्चरे नगरपालिका एक चिनारी, जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म, इतिहासमा पथरी शनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो लगायतका कृतीलाई बजार सम्म ल्याएका तिम्सीनाको यो कृति इतिहास अध्ययन गर्नेका लागी थप खुराक हुन सक्छ ।