धरान : सुनसरीको धरानमा अन्दाजी ५ जनाको समूहले एक जनालाई धारिलो हतियारले प्रहार गरेर फरार भएका छन् ।

आइतबार बेलुका करिब ७ बजे धरान उपमहानगरपालिका-५ अँधेरी खोलाको किनारमा एक समूहले कुटपिट गरी खैरेनी बस्ने विशाल राईलाई धारिलो हतियारले प्रहार गरेर फरार भएको हो ।

प्रहरीका अनुसार घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रहरी स्रोतका अनुसार विशाल र त्यो समूह एउटै 'ग्याङ'मा थिए । यसअघि पनि उनीहरू अभद्र व्यवहार र झगडा जस्ता मुद्दामा प्रहरी चौकी पुगेका थिए ।

पछिल्लो समय विशाल र त्यो ‘ग्याङ’बिच विवाद भएको र सोही ‘ग्याङ’का साथीहरूले विशालको ढाडमा धारिलो हतियारले प्रहार गरी फरार भएको स्रोतले जनाएको छ ।

घटनापछि त्यो समूह फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।