झापा : लकडाउनको समयमा पनि अवैध रूपमा धन्दा गर्नेहरूको धन्दा रोकिएको छैन ।

औषधिको कार्टुनभित्र लुकाई छिपाई नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु आयात गर्ने गरेको गरेको घटना बाहिर आएसँगै यस्तो रहस्य पनि बाहिरिएको हो ।

लकडाउनका बखत बिरामीले उपभोग गरिरहेको भारतीय औषधि ल्याउन केही सहज बनाइएसँगै व्यापारीले यसलाई गलत रूपमा प्रयोग गर्न थालेका छन् । अहिले औषधि ल्याउने बहानामा केही व्यापारीहरूले औषधिको कार्टुनभित्र नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु काँकडभिट्टा प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

काँकडभिट्टा प्रहरीले औषधिको कार्टुन चेकजाच गर्ने क्रममा त्यहाँभित्र लुकाई छिपाई राखेको रजनीगन्धा सुर्तीलगायतका सुर्तीजन्य वस्तु फेला पारी आवश्यक कारवाहीकालागि भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार औषधि भनेर ल्याउदैं गरेको कार्टुनभित्र केही छ कि भनेर शङ्का लागि खोलेर हेर्दा नेपालमा प्रतिबन्धित सुर्ती तथा सुर्तीजन्य वस्तु फेला परेको थियो ।
प्रहरीले चोक जाँच गर्ने क्रममा लिएर आउने ती व्यक्ति चाहिँ भागेका थिए । घटना लगत्तै अहिले काँकडभिट्टाबाट नाकाबाट दैनिक रूपमा बिरामीले प्रयोग गर्ने औषधिमा समेत कडाइ गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए । प्रहरीले नियन्त्रणमा लिइएको सबै औषधि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको उनले जानकारी दिए ।