धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेपछि त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुनसरी दक्षिण वर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि चैत्र २३ गते साँझ ५ बजे देखि लागु हुने गरी पाँच पालीकामा अनिश्चीतकालीन कर्फ्यु लगाइएको हो।

अहिले भुटाहा बजार क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पत्रकार नसिम अन्सारीले जानकारी दिएका छन् ।

कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी तथा चेकजाँच गरेर चल्न दिइएको छ भने बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Bhutaha-tanab-4Bhutaha-tanab-2butaha-tanab-2bhutaha-tanab-1