धरान : पछिल्लो २४ घण्टामा नेपालमा २५ जना कोरोना भाइरस सङ्क्रमित थपिएर सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकेमा थप ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेनटाइनमा रहेका छन् । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । जस मध्ये ३, ४ र ६ वर्षका बालिका रहेका छन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ ।

नवलपरासीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका ५ को बेलवानी क्वारेनटाइनमा छन् ।

यसै गरी धनकुटामा हिजो साँझ ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरू २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । यसै गरी ४५ जना निको भएका छन् ।