होटेल मेची क्राउन : डब्लुएचओको गाईडलाइन सहितको सेवा दिँदै

  • आश्विन २८, २०७७
  • ४२७ पटक पढिएको
  • कपुरी न्यूज
alt

झापा : प्रदेश नम्बर १ को पहिलो पाँचतारे होटेल मेची क्राउनमा कार्यरत कोही पनि कर्मचारीहरूमा कोरोना पुष्टि नभएको जानकारी गराएको छ। मेची क्राउनले मंगलबार विज्ञप्ति जारी गर्दै यसबारेमा प्रस्ट पारेको हो।

मेची क्राउनले जारी गरेको विज्ञप्तिमा यस होटेल र होटेलमा पाहुनाको रूपमा आउनुभएका प्रदेश नम्बर १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुसियतको नाम जोडेर कोरोना भाइरसको सन्दर्भमा विभिन्न अनलाइनहरूमा आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। मन्त्री कुसियत तथा उहाँको टोलीका सदस्यहरूमा कोरोना नभएको प्रमाणित भइसकेको छ।

विज्ञप्तिमा होटेलले डब्लुएचओ तथा नेपाल सरकारले निर्धारण गरेका सम्पूर्ण सुरक्षा गाईडलाइनहरुलाई पूर्ण रूपमा पालना गर्दै अतिथिहरूलाई स्वागत गरिरहेकोले होटेल पूर्ण रूपमा सुरक्षित रहेको अनि निर्धक्क भएर सेवा लिन अनुरोध समेत गरेको छ।

जारी विज्ञप्तिमा पूर्वी नेपालको पर्यटन, होटेल व्यवसाय तथा समग्र अर्थतन्त्रको विकासको लागि ठुलो लगानी र कुशल व्यवस्थापनसँगै होटेल मेची क्राउन सञ्चालनमा ल्याएको स्मरण गराउँदै सेवा तथा सुरक्षाको सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत दोहोर्‍याउन चाहन्छौँ भनिएको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved