धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले दिएको जानकारी अनुसार आज बिहान ११ : १५ बजे धरान ७ निवासी ६३ वर्षीय महिलाको मृत्यु भएको हो ।