मिस इको इन्टरनेशनल २०२१ मा भाग लीन अनुश्मा रायमाझी इजिप्ट जाँदै

  • फाल्गुन ११, २०७७
  • २१२ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगितामा नेपाली प्रतिनिधिको रूपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता भएपछि छानिएकी हुन् । ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ वर्षीय रायमाझी प्रतियोगीताका लागि मार्चको पहिलो साता इजिप्ट जाने तयारीमा छिन् । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफूले प्रचार गर्ने उनले बताइन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैटौं सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए ।

Miss-eco-2021

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए । ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रूपमा रहेकी छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved