धरान : गायिका सङ्गीता चौधरीको स्वरमा ‘सधैँ देख्ने सपनाको गीत’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा क्यानडामा बसेर नेपाली सङ्गीतमा राम्रो सम्भावना बनेकी गायिकाले गीतकार प्रमीला बस्नेतको शब्द तथा राजेश थापाको सङ्गीतमा गीत गाएकी छन् ।

साहस शाक्यको एरेन्जमा तयार गरिएको गीतमा जिन्दगीको यात्रामा प्रेमीलाई सदैव आफ्नो साथमै राख्ने कुरा व्यक्त गरिएको छ ।

भिडियोमा गीतलाई प्रेमशील जोडी बिचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । भिडियोको छायाङ्कन र सम्पादन एवं निर्देशन मिराज अर्यालले गरेका हुन् ।