काठमाडौँ : गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरू राति २ बजे काठमाडौँको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।

होहल्ला गरेको आरोपमा पक्राउ परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार राई लगायतका युवाहरूले रक्सी खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

राईले मापसे गरेर रेस्टुरेन्ट अगाडि एक आपसमा विवाद र होहल्ला गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा उल्टै प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको प्रवक्ता अधिकारीले बताए ।

नेपाल प्रेसबाट..