झापा : झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डवलमा नवीन सिलवाल, चाणक्य पाठक बिर्तामोड र प्रनिश सिंह ठकुरी, दीपक घिमिरे काँकडभिट्टा बिच हुने भएको छ ।

नवीन र चाणक्यको जोडीले २१-८ र २१-१२ को सोझो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यसै गरी प्रनिश र दीपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडीलाई २१-८ र २१-१७ को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

यस्तै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोड विरुद्ध श्रीप्रसाद धिमाल, विष्णु तामाङ काकरभिट्टा बिच फाइनल खेल हुने भएको छ । आज भएको

सेमिफाइनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडीले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढीको जोडीलाई २१-७, १४-२१ र २१-१२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो ।

यसै गरी श्रीप्रसाद धिमाल, विष्णु तामाङ काकरभिट्टाले नगेन्द्र गहतराज र गङ्गा फेदाप बिर्तामोडलाई २१-१६ र २२-२० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।
लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ हिजोबाट सुरु भएको हो ।

बिर्ता ब्याडमिन्टन क्लबको कवर्ड हलमा भइरहेको सो प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । प्रतियोगितामा यसवर्ष खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।