धरान : हंगकंगमा बसेर नेपाली सुगम सङ्गीतमा स्तरीय गीत सङ्गीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत 'सुखमा पनि दुखमा पनि' को म्युजिक भिडिओ सहित आफ्नो युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक गरेका छन्।

गीतकार राई डी हाङ्गखिमको शब्दमा वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाको कर्णप्रिय सङ्गीत रहेको गीतको सङ्गीत संयोजन चाँद सिंहको रहेको छ भने मीन बिस्टले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।

सन्तोष ढुङ्गाना र जयन्ती भित्राकोटीको युगल अभिनय रहेको प्रेम भावको गीतको नृत्य सुनिल मगर, छायाङ्कन गोपाल मगर, सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्ग्मा योञ्जनको रहेको छ।

आफ्नो भिडियोमा नयाँ कलाकारहरूलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुङ्गाना र जयन्ती भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन् ।