धरान : धरान-१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ ।

धरान-१४ वडा कार्यालयको आयोजनामा भइरहेको सो प्रतियोगितामा १४ नम्बर वडाका विभिन्न टोलको सहभागिता रहेको थियो । आज नारायणपुर र गैरीगाउँ बिच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

धरान-१४ को विजयपुर बोर्डिङ स्कुलको खेलमैदानमा हुने फाइनल खेलको समापन विशेष कार्यक्रमका साथ हुने १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख आतिथ्य र उपमेयर मञ्जु भण्डारीको विशेष आथिथ्यतामा हुनेछ ।

वडाका युवाहरूलाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा विजेताले नगद ३० हजार र उप विजेताले नगद २० हजार सहित ट्रफि प्रमाणपत्र पाउनेछन् । फाइनल खेल आज दिउसो साढे २ बजे देखि हुनेछ ।