धरान: स्वर्गीय कवि विमल गुरुङको ४९ औं जन्मजयन्तीको अवसरमा आगामी कार्तिक १९ गते राष्ट्रिय कविता महोत्सव आयोजना हुने भएको छ ।

विमल स्मृति पुस्तकालयल शनिबार पत्रकार सम्मेलन गर्दै कवि विमलको जन्मजयन्तीको दिन पारेर कविता महोत्सव गर्ने जानकारी दिएको हो । पुस्तकालयका अनुसार देशभरबाट कविताहरु आउन थालिसकेको छ । पुस्तकालयका अध्यक्ष एवं विमलका बुबा पुर्णबहादुर गुरुङका अनुसार प्रथम पुरस्कार २० हजार रहेको छ भने दोस्रो र तेस्रो पुरस्कार क्रमशः १५ हजार र १० हजार रहेको छ । यस्तै, सान्त्वना पुरस्कार ५ हजार रहेको छ ।

धरान १८ बुद्धचोकस्थित पुस्तकालयले बर्षेनी प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ । प्रगतिशिल तथा सशक्त कवि विमलको मात्र १९ बर्षको अल्पायुमा नै दुर्घटनामा ज्यान गुमेको थियो । किसोर अवस्थामा नै सशक्त कविताहरु सृर्जना गरेका विमलको स्मृतिमा उनको आमा बुबाले घरमा नै पुस्तकालय स्थापना गरिदिएका छन् ।