हामीले लोकतन्त्र ल्यायौ, 

हामीले गणतन्त्र ल्यायौ 

त्यो भन्दा बढी हामीले नेतातन्त्र ल्यायौ ।


हामीले समाजवादको कुरा गर्दा

अराजकता भयो भन्छौ, 

इस् हेर !

समाजको सबै दाइ, भाउजू, देवर, भाइ समेटेकै छौ त  !


हामीले विकासका कुरा गर्दा ,

गफ हान्यो भन्छौ,

राजाले बनाएको सबै ढालेको 

कसले  हेर्छ !


बोल्न नपाएर लडेर ल्याएको 

लोकतन्त्र हैन  ?

इस् हेरे  !

हामी मनखुशी बोल्न पाएकै छौ त !


अनि अझै यो मुलुकमा समाजवाद छैन ,विकास छैन, लोकतन्त्र छैन भन्छौ ?

नाप्यौ !