धर्मनिरपेक्ष राष्ट्र नेपाल र वडा दशैं

  • आश्विन २०, २०७६
  • २३९ पटक पढिएको
  • निनाम कुलुङ ‘मंगले’
alt

यो पंक्तिकार अति जान्ने सुन्ने (अजासु) नभए तापनि धर्म निपेक्षताबारे केही लेख्ने जमर्को गरेको छँु । हुन त म धर्मको बारेमा आलोकाँचो नै हुँ भन्दा फरक पर्दैन । तापनि धर्म निरपेक्षताको बारेमा जानी नजानी केही लेख्ने जमर्काे गर्दैछु ।

कुरो केही समयअघिको हो । नयाँ नेपाल अर्थात् गणतन्त्र नेपालका दुई तिहाईभन्दा बढी सांसदहरुको समर्थन प्राप्त (तत्कालीन एमाले, एनेकपा र संघीय समाजवादी पार्टी) सरकारका नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नेपालको नयाँ सांसदहरुका लागि बन्ने संसद भवनको उदघाटन गर्दा जे देखियो, त्यसले नेपाल भन्ने देश साँच्चै निरपेक्ष हो त ? देश धर्म निरपेक्ष भएकै हो त ? प्रश्न गर्न सकिने अवस्था देखियो । किनभने, त्यहाँ (उदघाटन कार्यक्रम) मा ५ जना बटुकहरु मात्रै देखिएका थिए । देश धर्म निरपेक्ष भैसकेपछि त्यो कति ठीक, कति बेठीक ? भन्ने बारेमा छलफल हुनु पर्छ कि ? जस्तो लाग्छ । अर्थात् जुन ढंगले नयाँ नेपालको संसद भवनको शिल्यानास गरियो, त्यो तरिका जायज हो वा होइन ? त्यहाँ हिन्दुबाहेक किरात बौद्ध, इस्लाम, जैन, शिख, प्राकृतिक धर्म मान्ने, बहाई, क्रिश्चियन आदि धर्मका पनि प्रतिनित्वि हुनु पर्थेन ?

हुन त त्यसअघि (विसं २०६६ मा) प्रधानमन्त्री बनेका माधवकुमार नेपालले रत्नपार्कस्थित गणतान्त्रिक स्तम्भ उद्घाटन गरेको कार्यक्रममा पनि त्यसरी नै ५ जना बटुकहरु मात्रै देखिएका थिए । के त्यो दृश्यले देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।

विसं २०६२/०६३ मा जनताको वलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरुमा पाँचजना बटुकहरुलाई मात्रै मन्त्रोत्उच्चारण गराईन्छ ।

के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिए भैंm नेपालका अन्य धर्मावलम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि ५ जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउंँने गर्छन् । वा भनौं पूजा पाठ गराउंँछन् । हुन त यो देशमा स्वघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिदैनन् ।

त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो पूरानो ढर्रा वा बिरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैं–ंतिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनि विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् । यता आदिवासी जनजाति मानिसहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा देउसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।

जे होस्, दसैं–तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीको–जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो ।

बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डित (बाहुन) प्रति लक्षित थियो ।

त्यसैले नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बी बसोबास गरेको देशमा हिन्दु धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रुपमा बहस र छलफल हुनु पर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति लगायत जात जातिका मान्छेहरुले मान्ने र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनु पर्ने हुन्छ । हुन त त्यही भएर पनि होला, राज्यले विगतमा हिन्दुहरुको महान चाड बडा दसैंमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको पनि छ । तर, अभैm पनि देशका विभिन्न जातजातिले मान्ने चाडबाडहरुमा भने सार्वजनिक विदा दिने चलन चलीसकेको छैन । अझै पनि हिन्दुहरुको महान चाड बडा दशैंमा मात्रै सरकारी कर्मचारीहरुलाई पेश्की खर्च दिने गरिन्छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved