धरान : धरान-१७ स्थित माउन्ट मोरिया हाईस्कूलमा विद्यार्थीहरू बिच फागुन २५ देखि चैत्र १ गतेसम्म भएको खेलकुद सप्ताह समापन गरिएको छ ।
प्रिन्सिपल प्रताप तामाङले शैक्षिक ज्ञानसँगै खेलकुदको महत्त्व विद्यार्थीहरूमा बुझाउने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको बताए ।
प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। खेल सप्ताह अन्तर्गत लुडो, म्युजिकल चेयर, टेबल टेनिस, चेस, बुक ब्यालेन्स, स्पून रेस, कङ्गारु रेस, मायथम्याटिकल इक्वेशन रेस, बेलुन ब्लास्ट लगायतका खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो ।
खेलकुद सप्ताहका प्रत्येक खेलको विजेतालाई प्रिन्सिपल प्रताप तामाङ र अन्य शिक्षकहरूले पुरस्कार तथा मेडल प्रदान गरेका थिए।


































































