धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को धरान ३ मा सोमबार निर्वाचन परिचालन समिति तथा वडा सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।

नेकपाका १ नम्बर प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्योङबो(मुकेस) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आगामी मंशीर १४ गते सम्पन्न हुने उप निर्वाचनको लागि नेकपाका उम्मेद्धवार प्रकाश राई र अन्य नेता सहितको उपस्थितमा समिति तथा कार्यालय उद्घाटन गरिएको हो । सुयोग पाख्रिनको संयोजकत्वमा , २ सय ५९ निर्वाचन परिचालन कमिटी वनेको छ । समितिको सचिवमा मिङमा भोटे रहेका छन् ।

नेकपा र धरानका मिडिया हाउसबिच छलफल

media

आउँदै गरेको मंसिर १४ गते हुने स्थानीय उप –निर्वाचन प्रचार प्रसारको लागि नेकपा धरान र धरानका मिडिया हाउस बीच सोमबार छलफल सम्पन्न गरेको छ ।

नेकपाले उपनिर्वाचनलाई लक्षित गरेर धरानका सञ्चार गृहहरूसँग अन्तरक्रिया गरेको छ । सञ्चार गृहहरूको वृतिविकासमा नेकपाको भूमिकाबारे छलफल गरेको हो । प्रचार –प्रसार तथा प्रकाशन उपसमितीको संयोजनमा भएको छलफलमा निर्वाचन परिचालन मुल समितिकोका संयोजक रमेश बस्नेतले नेकपाले धरानको मिडिया हाउसको वृद्धि विकासका ला्गि सहकार्य गर्ने बताए ।

मिडिया संचालकहरूले पार्टी र मिडिया हाउस विच निरन्तर छलफल आवश्यक भएको बताएका छन् । प्रचार उपसमिती संयोजक भीम ज्वाला राईले धरानका मिडिया विकासका लागि नेकपा प्रतिवद्व रहेको बताए । धरानको सम्वृद्धिका लागि गौरवका योजनाहरू भित्राएकाले उपनिर्वाचनमा सहयोगको अपेक्षा रहेको बताए ।