धरानः पुर्व पर्यटन मन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पाटी(नेकपा)का स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले आगामी १० वर्ष भित्र धरानमा केवलकार चल्ने बताएका छन् ।

बुधबार ७ नम्बर वडाको चुनावी कार्यकर्ता भेलालाई संवोधन गर्दै नेता आचार्यले सो कुरा बताएका हुन् ।भेलामा उनले भने,‘धरान पर्यटकीय क्षेत्रको १ नम्बर प्रदेशकै हव हो,पर्यटनको प्रवल संभवाना रहेको छ,त्यसैले यसको प्रवद्र्धन र विकासको लागि अव नयाँ योजना सहित काम हुने छ ।’सुनसरी क्षेत्र नम्बर १(ख)बाट प्रदेश सांसद समेत रहेको आचार्यले धरानमा सरकारको पर्यटन कार्यालय समेत स्थापना गर्ने बताए ।

आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपाको तर्फबाट वडा नम्बर ७ को लागि वडाध्यक्ष पदका उम्मेद्धवार जीवन सुवेदी, नेकपा नेता आइन्द्र विक्रम वेघा,वेणु काफ्ले लगायतले कार्यकर्ता भेलालाई संवोधन गरेका थिए ।

सुकुम्वासीलाई १० वर्ष भित्र आवाससहित घर

ward-no-11

आसन्न मंसिर १४ गतेको उप निर्वाचनको माहोल तातिरहेका वेला धरानमा रहेका अव्यवस्थित, भुमिहीन र सुकुम्वासीको लागि सुरक्षित घरवासको व्यवस्था गर्ने नेकपाले जनाएको छ ।

नेकपाको उम्मेद्धवार धरान उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेद्धवार वनेका प्रकाश राई अहिले घरदैलो अभियानमा सुकम्वासी वस्तीमा घरदैलो अभियानमा व्यस्त छन् । सुकुम्वासीहरुले पनि आफ्नो समस्यालाई उम्मेद्धवारसँग राखिरहेका छन् । सुकुम्वासीहरुको माग आफुहरुको स्थायी वसोवासको ग्यारेण्टी गर्नु पर्ने मागहरु उठाइरहेका छन् ।

वुधबार धरान ११ स्थित सोलिङ मार्गको घरदैलो अभियानमा पुगेका नेकपा उम्मेद्धवार राईसँग ६८ वर्षिय विष्णु माया लिम्वुले घरवास सुरक्षित गर्नको लागि आग्रह गरिन् । उनले भनिन्,'भोट दिइरहेका नै छौं तर हामीलाई यो वस्तीमा घरवासको स्थायी गरि दिनु प¥यो । विकास गरिदिनुपर्यो ।’ उम्मेद्धवार प्रकाश राईले पनि वृद्ध–वृद्धा र सुकुम्वासीको हित र अधिकारको लागि विषयमा गंभीर भएर लाग्ने वताए । उनले भने,‘धरानलाई सुकुम्वासी मुतm शहर वनाउने छु,धरानलाई सम्वृद्धिको शहर वनाउने छुँ ।’

wada-11

नेकपा धरानका सचिव सुदर्शन श्रेष्ठले घरदैलो अभियानमा धरानको अव्यवस्थित, भुमिहीन र सुकुम्वासीलाई घर नम्बर दिएर लालपुर्जाको लागि प्रक्रिया अघि वढाई सकेको वताउँदै आगामी १० वर्षभित्र सुरक्षित आवास सहितको घरवासको ग्यारेण्टीको व्यवस्थ गर्ने प्रतिवद्धता गरे । उनले भने,‘नेकपाले १० वर्ष भित्र धरानका भुमिहीन र सुकुम्वासीलाई व्यवस्थित वनाउने छ , त्यसको लागि सुरक्षित आवास सहितको घरवासको व्यवस्था गर्ने छ।’