पथरी : नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष बनाउन पथरीशनिश्चरे नगरका संघसस्थाका पदाधिकारीले ऐक्यवद्धता व्यक्त गरेका छन् ।

पथरीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुले शंकरको उम्मेद्वारीले पथरीशनिश्चरे मात्र नभइ प्रदेश नम्बर १ कै प्रतिष्ठा जोडीएकोले पनि अशोक शंकरलाई राष्ट्रिय अध्यक्षमा जिताउनु पर्ने वक्ताहरुले जोड दिएका छन् । अशोक शंकर जिताउ सहयोग समितीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काग्रेसका नेता केशव दुलालले दरिलो नेतृत्व स्थापित गर्न पनि जेसिज जस्तो संस्थामा शंकरको आवश्यकता रहेको औल्याए । सबै राजनितिक दल तथा संस्थाहरुले शंकरलाई जेसिजको राष्ट्रिृय अध्यक्ष बनाउन लाग्नु पर्ने उनको तर्क थियो ।
संविधान सभा सदस्य चन्डी प्रसाद राईले जेसिज जस्तो संस्थाको राष्ट्रिय अध्यक्षमा शंकरको उम्मेद्वारीले पथरी आसपासका क्षेत्रमा उत्साह भरिएको र उनलाई सहयोग गर्न सबैमा आग्रह गरे ।
स्थानिय पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन बुडाथोकीको अध्यक्षतामा एक सय एक सदस्यीय मुल समिती र २१ सदस्यीय सचिवालय समिती गठन गरेर शंकर जिताउ अभियान थालिएको छ । समितीमा पथरीशनिश्चरे नगर भित्रका संघ संस्था र राजनैतिक दलका प्रतिनिधीले नेतृत्व गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पथरीशनिश्चरे नगरका मेयर दिलिप कुमार राईले शंकरलाई राष्ट्रिय अध्यक्ष बनाउन पथरीशनिश्चरे नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । राई सहित मोरङ्गका उर्लावारी, कानेपोखरी, वेलवारी, सुन्दरहरौचा, लेटाङ्ग, मिक्लाजुङ्ग र सुनवर्सी रतुवामाईका नगरप्रमुख सम्मीलित सल्लाहकार समिती निर्माण गरिएको र ति पालिकाले पनि सहयोग गर्ने बताए ।

सोहि पत्रकार सम्मेलनमा शिक्षक नेता दिननाथ तिम्सीनाले शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे नगरमा सबै संघसस्था र राजनैैतिक दललाई एककृत बन्न सहयोग पुगेको बताए ।

पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शंकर जिताउ सहयोग समितीका अध्यक्ष्य अर्जुन वुडाथोकी, युवा नेता नविन पौडेल, पत्रकार अर्जुन जम्नेली राई लगायतले बोलेका थिए । सोहि कार्यक्रममा अध्यक्ष्यका प्रत्यासी शंकरले युवाहरुको लागी केहि नयाँ काम गर्नका लागी आफुले उम्मेद्धारीको दाबी गरेको बताए । धेरै ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता आएको र आफ्नो पक्षमा माहौल बन्दै गएकोले पनि जित्न सकिने बताए ।
पौष ९ देखि १२ गते सम्म चितवनको रत्ननगरमा जेसिसको राष्ट्रिय सम्मेलन हुदैछ भने शंकर सहित अन्य दुई जनाले समेत उम्मेद्धारी दिएका छन् ।