महिनावारीका समयमा महिलामा शारीरिक परिवर्तन देखा पर्ने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खाने, आराम गर्ने गर्नुपर्छ । महिनावारीका समयमा महिलामा शारीरिक परिवर्तन देखा पर्ने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खाने, आराम गर्ने गर्नुपर्छ ।

१, महिलाको शरीरमा भएका रसरागको मात्रामा आउने परिवर्तनका कारण महिनावारी हुने गर्छ । यो एउटा प्राकृतिक प्रकिया हो, जसले महिला प्रजनन स्वास्थ्यका लागि परिपक्व भएको संकेत गर्छ । महिनावारीका समयमा महिलामा शारीरिक परिवर्तन देखा पर्ने भएकाले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खाने, आराम गर्ने गर्नुपर्छ ।
२, महिनावारीका समयमा सामान्य ढाड वा पेट दुख्नु र थकान महसुस हुनु सामान्य मानिन्छ । तर, कतिपयमा सहनै नसकिने गरी तल्लो पेट दुख्ने समस्या हुन्छ । जसबाट किशोरीहरू बढी प्रभावित हुने गर्छन् । अविवाहित युवतीमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्ने, वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्नसमेत गाह्रो हुनेजस्ता जटिलता देखा पछन् । करिब ४० प्रतिशत किशोरीमा १३–१४ वर्षदेखि १७–१८ वर्षको उमेरमा महिनावारी नियमित नहुने वा रक्तश्राव बढी हुने समस्या रहेको पाइन्छ । जसले गर्दा दैनिकी नै प्रभावित भइरहेको हुन्छ ।

३, महिनावारीका समयमा खानपानमा सजग हुन आवश्यक छ । यद्यपि, कुन उमेरसमूह भन्नेमा पनि निर्भर गर्छ । जस्तै, भर्खरै महिनावारी सुरु भएका किशोरीमा आवश्यक पोषणको अभाव हुने गर्छ । उनीहरूलाई विशेषगरी अन्डा, मासुजस्ता पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ । रक्तअल्पताबाट बच्न नियमित रूपमा आइरन, फोलिक एसिड सेवन गर्नुपर्छ ।
४, रक्तश्राव भइरहेको समयमा सकेसम्म आराम गर्नुपर्ने हुन्छ । यो समयमा शारीरिक परिश्रम कम गर्नुपर्छ । सकेसम्म गह्रौँ सामान उठाउनु हुँदैन । महिनावारीका समयमा शारीरिक कमजोरी देखिने हुँदा शारीरिक परिश्रम धेरै गर्नुपर्ने कामबाट टाढा रहनु राम्रो हुन्छ ।
५, अझ शारीरिक परिश्रम बढी हुने भएकाले खेलाडीहरू स्वास्थ्यप्रति सजग रहन आवश्यक हुन्छ । आरामको समय बढाउने र चिकित्सकको सल्लाह लिने गरेमा महिनावारीको समयलाई सहज बनाउन सकिन्छ ।
डा. दीपमाला कार्की, स्त्रीरोग विशेषज्ञ, एभरेस्ट अस्पताल