झापा : यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा उपाधि रक्षाका लागि आइतबार आमनेसामने हुँदैछन् ।

लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेल्ने छन् । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा थ्रि स्टारले लिगमा खाएको दुई गोलको बदला लिने प्रयास गर्नेछ । लिगको नवौँ राउन्डको दौस्रो खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २-० गोल अन्तरले हराएको थियो ।

शनिबार आयोजित प्रिम्याच कन्फरेन्समा दुवै टोलीले उपाधिको दाबेदारी प्रस्तुत गरे । लिग च्याम्पियन मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई फेरि पराजित गरेर आफूलाई नेपाली फुटबलमा अब्बल सावित गरी फाइनल यात्रा तय गरेको हो । थ्रि स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेर उपाधि होडमा उक्लिएको थियो ।