पथरी: मान्छेलाई टाढाबाट झट्ट हेर्दा उसँग अन्तरनिहित प्रतिभाबारे थाहा हुदैन । यस्तै, लुकेकय प्रतिभामध्ये एक हुन्, भरत तामाङ । मिलनसार स्वभाव परिश्रमी र सालिन व्यक्तित्व उनको विशेषता हो ।
उनको जन्म ३२ अघि पथरीशनिश्चरे–२ को स्वागत टोलमा निम्न वर्गीय परिवारमा भएको थियो । पिता स्व. लालबहादुर तामाङ र माता देवी कुमारीका ४ भाइहरु मध्ये जेठा छोरा हुन् उनी । सानैमा गरिबीबाट पिल्सिएका कारण बोर्डिङ पढ्ने हैसियत थिएन । तर आमाबुबाले शिक्षाको महत्व बुझेका थिए । आमाबुबाले उनलाई एभरेष्ट माविमा भर्ना गरिदिए । त्यही पढ्दा स्व. सि.एम. कन्दङ्वाले राम्रो पेन्टिङ गर्ने भनेर उनलाई निःशुल्क शिक्षाको प्रबन्ध गरिदिए । मानिसको चित्र जस्ताको तस्तै उत्तार्न सक्ने खुबी थियो । उनले एसएलसी पनि त्यहीबाट उत्तीर्ण गरे ।
एसएलसी पछि काठमाडौँको ललितकला क्याम्पसबाट वि.एफ.ए.सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् । एभरेष्टमा पढ्दा कक्षा–४ बाट चित्र कोर्न सुरु गरेका तामाङ बोडिङका शिक्षकलाई दङ्ग पारेका थिए । प्रथम चित्र उनले घर माथि एटिना बनाएको स्मरण गर्छन् । उनलाई त्यस बेलाको साइन्स किताबको रङगीन चित्र कोर्न औधी मन पथ्र्याे । स्कुलमा दिउँसो खाजा खान दिएको पैसा जोहो गरेर पेन्टर च्याइस फ्याव्रिक डिसन्टेम्बर (पाकेटको कलर) किनेर पेन्टिङ गरेको उनले सम्झिए । चित्र बनाउन स्कुलका गुरुहरुबाट प्रेरणा पाएको उनी बताउँछन् ।
खासगरी रविन कन्दङ्वा सरले प्रेरणा दिएको सम्झना ताजै छ । स्कुलस्तरीय चित्रकला प्रतियागिता २०५९ सालमा भागिरथ मा.वि.(साविक शनिश्चरे–८ )मा हुदा प्रथम पुरस्कार थाप्दा हर्षले भुइँमा खुट्टा थिएन उनको । त्यसपछि ‘पूर्वाञ्चल आटर््स कम्पिटिसन’ २०६१ मा धरानमा सान्तवना पुरस्कार पाएका थिए । ‘एभरेष्ट आर्ट्स फ्युजन’ को सचिवमा पदमा बसेर कार्य सम्पादन गरेको अनुभवले उनको चित्रकारितामा अझ निखारपन आएको छ । उनी २०६८ सालमा वैदेशिक रोजगारको लागि युएइ र कतार गएका थिए । त्यहाँ पनि पेन्टिङमा आफ्नो दक्षता देखाए । विदेशमा पनि पेन्टिङप्रतिको मोह उनले त्यागेनन् । विदेशमा बस्दा पनि प्रतियोगितामा भाग लिए, विभिन्न ४ देशहरु मध्ये उनको चित्र प्रथम भयो ।
विगत धेरै वर्षदेखि ‘नाफा’ (नेपाल एकेडेमी अफ फाइन आर्टस्) प्रत्येक वर्ष चित्रकारितामा निम्तो दिएर उनलाई कदर पत्र र प्रसंशा पत्र दिएको छ । पेन्टिङमा निकै राम्रो सफलता चुमिरहेका तामाङ ११ वर्ष काम गरेको अनुभवले खारिएका छन् । विदेशमा भन्दा पनि स्वदेशमा बसेर केही गर्न सकिन्छ भन्ने दृढइच्छाका साथ पथरीशनिश्चरे–१ मा ‘क्वालिटी आर्टस एण्ड फ्रेमिङ हाउस’ खोलेका छन् । उनले ४ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।
२०७२ सालमा ‘डुलक्स पेन्ट कलर’को बम्फर योजनामा बाइक पारेका उनले आफ्नो कामबाट एकदमै सन्तुष्टि मिलेको र अरु जीवनमा केही गर्ने चाहना नभएको पनि स्पष्ट पारे । २०६८ सालमा पवित्रासँग लगनगाँठो कसेका तामाङ दम्पत्तिको ४ वर्षे छोरा छ । उनले सिनेमा लाइनमा ‘क्वालिटी आर्टस एण्ड फ्रेमिङ हाउस’को अर्को शाखा पनि विस्तार गरेका छन् । दुवैतिर गरी २५ लाख लगानी भएको तामाङ बताउछन् । युवाहरु विदेशतिर पलायन भइरहेको उनी भने स्वदेशमै कला र सीप आर्जन गरेर यही केही गर्न सकिने बताउछन् । ‘आफूसँग सीप र कला छ भने आफ्नै देशमा अर्थउपार्जन गर्न सकिन्छ, विदेशमा गइरहन पदैन,’उनले भने ।