धरान: किरात समुदायले शनिबार मंसिरे पुर्णिमा उधौली पर्व धरानमा धुमधामले मनाएका छन । चार किरात जातिमा पर्ने राई, लिम्बू, याक्खा, सुनुवारको उधौली मौलिक पर्व हो ।

यसैगरि, शनिबारै नेवार समुदाय(जाति)ले पनि यमरी पर्व धुमधामले मनाएका छन् । किरातीहरुले धरान १४ स्थित हाङ बुद्धिकर्णको दरबार क्षेत्रको भग्नावशेष भएको स्थानमा पुजा गरेर उधौली मनाउन शुरु गर्छन् । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत संस्थाहरुले दरबार क्षेत्रमा रहेको पुजास्थलमा बर्षेनी बैशाखे पुर्णिमा(उभौली) र मंसिरे पुर्णिमा(उधौली)मा पुजा गर्ने गरेका छन् ।

a20181222_094513

शनिबार किराया प्राकस १३ नं वडा समितिको आयोजनामा राई समुदायले दरबार क्षेत्रमा चुला पुजा गरेको थियो । त्यसक्रममा साकेला पनि नाचिएको थियो । यस्तै, चुम्लुङको टोलीले पनि पुजा गरेर च्याब्रुङ नाचेको थियो । ‘उभौली र उधौली हामी किरातीहरुको सबैभन्दा ठुलो र मौलिक चाड हो, यो बेला यहाँ आएर प्रकृति, पितृहरुलाई पुज्छौ,’किराया प्राकस १३ कय पुर्वअध्यक्ष मौलाधन राईले भने ।

किरातीहरुले खेतीपाती गर्नुअघि अन्नबाली सप्रियोस भनेर बैशाखे पुर्णिमामा उभौली गर्छन् भने अन्नबाली भित्र्याउनु अघि सह बसोस् भने पितृहरुलाई पुजेर उभौली मनाउछन् । उभौलीलाई न्वागी पुजा पनि भनिन्छ । राईहरुले साकेला(साकेवा, साकेन्वा), लिम्बूहरुले चासोक तङनाम, याक्खाहरुले चासुवा, सुनुवारहरुले फोलस्याँदर भनेर उधौली मनाउछन् । ‘चुम्लुङले पनि दरबार क्षेत्रमा गएर बिहानै पुजा गर्यो, र चुम्लुङ हिममा पनि न्वागी पुजा गर्यो । चासोक तङनाम उत्सव पनि शुरु भएको छ,’चुम्लुङका नगर सचिव सन्तोष कुरुङ्वाङले भने ।
a20181222_093801 aIMG_20181222_100138 aIMG_20181222_112950 aIMG_20181222_101030 copy