इटहरी : प्रख्यात मूर्तिकार विक्रम श्री ले मूर्तिकारले बनाएका मूर्तिमा गहिरो भाव र संवेदना रहने बताएका छन् । सोमबार इटहरीमा आयोजित मूर्तिकला कार्यशाला गोष्ठीको समापन तथा मूर्तिकला प्रदर्शनीको उद्धघाटन समारोहमा बोल्दै उनले त्यसो भनेका हुन् ।

10 1

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ४५ दिने कार्यक्रमका श्री ले यो समय उपलब्धिमूलक तरिकाले व्यतित भएको बताए । उनले भने, ‘मन्त्रालयले ४५ दिने भनेको भएपनि हामीले ५२ दिनको दिन आज समापन गरेका हौँ, कार्यशालामा ८० जनाभन्दा बढी प्रख्यात मूर्तिकारहरुले भिजिट गर्नुभएको थियो ।’ उनका अनुसार ९ गते सोमबारबाट सुरु भएको मूर्तिकला प्रदर्शनी करीब २० दिन सम्म सञ्चालन हुने बताउँदै भने, ‘यहाँ बनाइएका मूर्तिकलामा गहिरो भाव छ, भित्री आँखाले देख्नुपर्ने हुन्छ, हेरेर मात्र हुँदैन ।’ उनले प्रदेश १ मा छरिएर रहेका श्रष्टा एकै ठाउँमा भेला भएकोे उल्लेख गर्दै भने, ‘यसअघि प्रदेश १ मा मूर्तिकलाको प्रदर्शन र मूर्तिकारको अभिलेख रहेको थिएन, कलाकारहरुलाई नजिकबाट भेट्ने अवसर जुटेको थिएन ।’ श्री ले सामाजिक विकास मन्त्रालयले श्रृजनात्मक काममा बजेट लगानी गरेको बताए । इटहरी म्याट्रिक्समा कार्यशाला गोष्ठी राखिएको थियो । अहिले सोही ठाउँमा प्रदर्शन भईरहेको मूर्तिकला हेर्न आउन उनले आग्रह गरे । उक्त कार्यशालामा प्रदेश १ का १२ वटा जिल्लाबाट ३२ जनाले सहभागी जनाएको बताउँदै उनले नेपालमै पहिलोपटक क्रषिदेव समूदाय र धिमाल समूदायबाट मूर्तिकार स्थापित भएको बताए । उनका अनुसार १४ बर्षीया किशोरीदेखि ७० बर्षीया महिलाले पनि कार्यशालामा सहभागी भएका थिए । उक्त कार्यशालाका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १२ लाख रुपैँया बजेट विनियोजन गरेको थियो ।

सीप जीवन परिवर्तनका लागि हो: मन्त्री घिमिरे

यसैबीच सो कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले सीप सिक्नु प्रमाणपत्रका लागि मात्रै नभई जीवन परिवर्तनका लागि रहेको बताए । सीप जीवन परिवर्तनका लागि हो, सर्टिफिकेटका लागि मात्र होइन, मन्त्री घिमिरेले भने, ‘हामीले प्रदेश १ को कलाकारिताको विकासका लागि अध्ययनि गरिरहेका छौँ ।’ उनले यो कार्यशालाले सफल परिणाम हात लागेको भन्दै प्रसंशा गरे ।

jiban

उनले भने, ‘प्रदेश १ भाषा र साहित्यमा पनि धनी छ, यहाँ १०६ वटा भाष बोल्ने मानिस रहेका छन्, तिनीहरुको संरक्षण र प्रर्बधनका लागि हामी कार्यदल बनाएर अध्ययन गरिरहेका छौँ ।’ प्रदेश सरकारले संस्कृतिको उत्थानका निम्ति सोच बनाएकोले मूर्तिकला कार्यशाला सीप सिक्नु अनुकरणीय रहेको घिमिरेले बताए । कार्यक्रममा अन्य आमन्त्रित अतिथिहरुले मूर्तिकला कार्यशालमा सरकारले खर्च नगरेको र लगानी गरेको बताएका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य समेतको उपस्थिति रहेको कार्यक्रम अग्रज श्रष्टा कृष्णबिनोद लम्सालको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

000000

0 7

00 4