म जनस्वाथ्यकर्मी भएका कारण यो कोरोना महामारी बेला कोरोना सम्बन्धी केही कुरा को जानकारी गराउनु मेरो दायित्व हो। कोरोना भाइरस भनेको कोरोना ग्रुप अन्तर्गतका भाइरस विशेष गरी जनवार र चराचुरुङ्गीमा रोग लगाउने भाइरस हो र यस भाइरसले मानिसमा श्वास प्रश्वास सम्बन्धित रोग लगाउने गर्दछ।
महामारी भन्नाले कुनै पनि रोग निश्चित ठाउँमा एकदम चाँडो सङ्क्रमण फैलनु भनेर बुझिन्छ तर यही महामारी एकदम ठुलो जनसङ्ख्यामा रोगको व्यवस्थापन गर्न नै गाह्रो हुने गरी देखियो भने त्यसलाई Pandemic भनिन्छ । विश्वव्यापी रूपमा सङ्क्रमण बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकोले यसलाई pandemic घोषणा गरिएको हो।
यो भाइरस चाइनाको वुहान भन्ने सहरमा सन् २०१९ डिसेम्बरमा देखा पर्यो र यसको सङ्क्रमण बढ्दै गएपछि ३० जनबारी २०२० मा यसलाई पेन्डमिक घोषणा गरिएको हो।
अधिकांश कोरोना सङ्क्रमित महिलाले जन्माएको शिशुलाई कोरोना सङ्क्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले जनाएको छ। कोरोना श्वासप्रश्वास बाट सर्ने भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्युँ गरेमा तथा असुरक्षित सम्पर्क भएमा शिशुलाई कोरोना सङ्क्रमण सर्न सक्छ । तर सबैलाई सर्दैन । नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो।
एक जना व्यक्तिले औसत ३ जनालाई सङ्क्रमण सार्न सक्छ र १-२ जनालाई सङ्क्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई सङ्क्रमण सर्दैन । एउटा क्वारेनटाइनमा बसेका सबैलाई सर्दैन कोरोना सङ्क्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ ।
त्यस्तै रोग प्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ । नेपालीले ट्वाइलेट पेपर, Tissue पेपर, काँटा /चम्चा / चपस्टिकको प्रयोग न्यून मात्रामा गर्छन् । त्यस्तै बाहिरको खाना खाने प्रचलन कम छ । यसको मतलब ट्वाइलेट गएपछि, खाजा खानु अघि, खाजा खाएपछि, खाना खानु अघि, खाना खाएपछि, तरकारी पखाल्दा, खान पकाउँदा, भाँडा सफा गर्दा, कपडा धुँदा आदि काममा दिनको बिसौँ पटक साबुनले हात धोइरहेका हुन्छन्, पानीसँग खेलिरहेका हुन्छन् । यो परम्पराले भाइरसको चेन तोड्न ठुलो भूमिका खेलेको पाइएको छ र हाम्रो खानपिनमा प्रयोग गर्ने मरमसला ( अदुवा, लसुन, प्याज, बेसार, कागती, ज्वानो, पुदिना, मरीच, जिम्मु, टिमुर, मरौटी, धनियाँ, जिरा, दालचिनी, तेजपात, तुलसी आदि ) ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछन् । अनुसन्धानबाट पनि यी मरमसला सुजन तथा सङ्क्रमणमा उपयोगी हुने तथा इम्युनिटी पावर बुस्ट गर्ने भनेर भनिएको छ ।
कोरोना सङ्क्रमण हुँदैमा मृत्यु हुँदैन । ८५ प्रतिशत सङ्क्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ भन्ने कुरा पनि विभिन्न अनुसन्धान बाट थाहा पाउन सकिन्छ निम्न लिखित रोगहरू जस्तै एचआइभी/एड्स, क्यान्सर, अङ्ग प्रत्यारोपण गरेका बिरामी जसले गर्दा रोगप्रतिरोध क्षमता कम भएको हुन्छ, बारम्बार निमोनिया, ब्रोंकाइटइटिस, पिनास, कानको सङ्क्रमण, मेनिन्जाइटिस, प्लेट्लेट्स र हेमोग्लोबिन थोरै भएका व्यक्ति, मुटुको मांसपेशी सुन्निएका, मधुमेह, बाथ, मिर्गौलाको सङ्क्रमण, भिटामिन डी को कमी, दम, कुपोषण, भाइरल हेपाटाइटिस आदि बाट सङ्क्रमित ब्यात्ति हरू कोरोना बाट बढी जोखिम बढी हुन्छ र मृत्युदर जम्मा ३ प्रतिशत हुन्छ भन्ने कुरा पनि अनुसन्धानमा पाइएको छ ।
नेपालमा कम मृत्युदर हुनुको कारण नेपालीको औसत आयु ( Life expectancy rate ) ७१.३ वर्ष वर्ष छ ( २०१८ ) । त्यसमा पुरुषको औसत आयु ७०.६ वर्ष र महिलाको औसत आयु ७२ वर्ष रहेको छ । यो औसत आयु विकसित मुलुकको तुलनामा कम हो । कोरोना सङ्क्रमणको मृत्युदर ८० वर्ष वा सो भन्दा माथिका व्यक्तिको सबैभन्दा धेरै ( लगभग २१ % ) रहेको छ । तसर्थ कोभिड -१९ बाट हुन सक्ने नेपालको मृत्युदर कम हुने देखिन्छ । कोरोना रोगबाट बच्न तल उल्लेखित सावधानी अपनाउन जरुरी छ । साथै संक्रामक रोग लागेका बिरामीसँग नजिक बस्नु हुँदैन ।
कोरोना लाग्नबाट बच्न वा रोग प्रतिरोधात्मक क्षमता बढाउन के कस्ता उपायहरू अपनाउने
- फलफूल र सागसब्जी धेरै खाने।
- नियमित व्यायाम गर्ने ।
- वजन सन्तुलित राख्ने ।
- पर्याप्त सुत्ने कम्तीमा १ दिनमा ८ घण्टा।
- सङ्क्रमण हटाउने जीवनशैली अपनाउने जस्तै – हात धोइरहने,यदि मासु खाए राम्रो सँग पाकेको मात्र खाने।
- भिटामिन C, B6 र भिटामिन E युक्त प्रशस्त खानेकुराहरू खाने।
- प्रशस्त पानी पिउने ।
- सक्रिय हुने ।
- लसुन, अमला, मह, अदुवा, बेसार, ग्रिन टी, दही, डल्ले खुर्सानी, कागती, पालुङ्गो,ब्रोकाउली बदाम आदि खाने ।
- कुपोषण भएकाले नियमित मल्टीभिटामिन खाने ।
- सरसफाइमा ध्यान दिने ।
- भिटामिन डी पाउनका लागि बिहान सधैँ घाम ताप्ने बानी बसाल्ने ।
- योग, ध्यान गर्ने ।
- स्याउ, गाजर, सुन्तला, गोलभेँडा, चुकन्दर, स्ट्रबेरी, आँप, वाटर मेलोन, किवी आदि खाने ।
- हाँस्ने बानी बसाल्ने।
कोरोना लाग्नबाट बच्न के नगर्ने
- चुरोट\सुर्ती नखाने।
- रक्सी नखाने ।
- पुरै राम्रो सँग नपाकेको मासु नखाने।
- तनाव नलिने ।
- सोडा, बट्टा कुहाएर राखेको खानेकुरा नखाने।
- धेरै गुलियो खाने कुरा नखाने।
- अल्कोहल तथा लामो समय देखी फ्रिज मा राखेको पेय पदार्थ नखाने।
जनस्वास्थ्यकर्मी, प्रदेश नम्बर-१