धरान : सीप र जागर भयो भने सानो लगानीले स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् धरान-२ की कोपिला पौडेल घिमिरे ।

गत वर्षको लकडाउन देखी अचार बनाउन सुरु गरेको उनी बताउँछिन् । उनले भनिन ‘पहिलो प्रयासमै नसोचेको सफलता मिल्यो ।

उनले भनिन ‘लकडाउनमा काम पनि थिएन । त्यतिकै फुर्सद हुँदा घरकै लागी खान अचार बनाउँथे एक दिन अचार बनाएर फेसबुकमा हालेको थिए । वरिपरिका साथीभाइ र छरछिमेकीहरु त्यसै बेला घरमा अचार किन्न आए । उनीहरूले अरूलाई पनि मिठो अचार भनेर सुनाएछन् । सोच्दै नसोची आफ्नै घरमा खान बनाएको अचारको माग बढ्दै गयो । ’

दोस्रो पटक ५ किलो सामग्रीको अचार तयार भयो । फेरी उस्तै नतिजा आयो दोस्रा पटक त झनै माग नै थाम्न गाह्रो भयो । लकडाउनमा सुरु गरेको अचारको व्यापारले १ लाख जति आम्दानी भएको छ । अहिले मैले सस्तोमा अचार दिएको छु ।

सिजन अनुसार अकबरे दाना, अकबरे पेस्ट, टिमुर–लसुनको पेस्ट, अकबरे–तामा, मिक्स आचार, कागती दाना, कागती पेस्ट, किवी, निम्की, मेथीको पेस्ट, काक्राको खल्पी, च्याउको सुकुटी, लप्सी, मुला र आँप,अमला करेला लगायतका विभिन्न फ्लेवरका अचार बनाउन आफूले थालेको उनी बताउँछिन्।

कोपिलाकोमा अचार किन्न पुगेका पूर्णकला शाक्य, सुष्मा रिजाल, सिता घिमिरे भन्छन् 'दिदीले बनाएका सबै अचार स्वादीले छन्। उनले आम्दानीका साथ साथै प्रशंसामा यो कुरा पाउँछिन् कति मिठो हौ कल्पना दिदीको हातले बनाएको अचार।'

बढ्दो सहरीकरणले मानिस व्यस्त छन् । सबैसँग मिठो अचार बनाउने सिप वा समय छैन । केही सहरमा पनि केही सिप र कला भएकाले समय निकालेर बनाएको अचारले अहिले व्यवसाय फस्टाउँदै गएको छ।

विदेशमा बस्ने आफन्तलाई साथीको हातबाट कोपिलाले कोसेली स्वरूप अचार पठाइदिएकी थिइन्। त्यस पछि साथीका थप साथीहरूले पनि थप प्रकारका अचारको माग गरे। उनले त्यस पछि लहर र रहर मात्रै नभएर अचार त सम्भावना बोकेको व्यवसाय पो रहेछ भन्ने बुझिन् ।

सुरुमा डल्ले खुर्सानी, आँपका कोपिलाको मुख्य ग्राहक आफ्नै परिवार र आफन्त थिए भने आज काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा समेत उनले ग्राहक पाइसकेकी छन्। किराना पसलमा पनि अचारको माग आउन थालेको छ ।

उनी भन्छिन् ‘बिस्तारै मैले उत्पादन गरेको अचारको माग बढिरहेको छ, मागलाई नकार्न पनि भएन । म सके सम्म निरन्तरता दिन्छु अनि बरु घरमा दिनभरि बेरोजगार भएरै बस्ने गृहिणीलाई प्रशिक्षण दिएर आफ्नो व्यवसायमा जोड्छु ।’

अचार बनाउन धेरै लगानी नचाहिने र जो कोहीको घरमा सजिलै बिक्री हुने गरेको उनको भनाइ छ । अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रकै समग्र विकासमा सघाउ पुगिरहेको उनको धारणा छ ।

मानिसको सिप र जाँगर भयो भने विदेशमा कमाउने पैसा यही आफ्नै घरमा बसेर कमाउन सकिने उनको दाबी छ ।

achar-kopila