धरान : तत्कालीन सरकारले मुलुकको सीमित साधन श्रोत टावर बनाउनु ठेक्कामुखी काममा लगानी गर्नु र बैङ्कले सस्तो व्याजमा ऋण दिएको छ भन्ने भ्रम फैलाउन राष्ट्र बैङ्कले अथाह पुँजी लगानी गरेकाले देशको अर्थतन्त्र बिग्रिएको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

नवलपरासीमा मंगलबार रेडबुल फ्याक्ट्रीको उद्घाटन कार्यक्रममा मन्त्री महतले अहिले नेपालको अर्थतन्त्र बिग्रियो, शिथिल भयो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ, त्यो अवस्था तत्कालीन सरकारको त्यस्तो नीतिका कारण आएको बताएका हुन ।

उनले भने ‘अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैङ्कले अथाह पुँजी प्रवाह गरयो, बैङ्कले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो ।’

कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्यधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेको बताउँदै मन्त्री डा.महत भने ‘ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’

उनले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताउँदै भने ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन, यो बचतकर्ताको पैसा हो, ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्, बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’

सहकारी, वित्तीय संस्था र बैङ्कबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यस कारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरूका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले आफ्नो कुरा व्यक्त गरेको बताउँदै भने ‘देशको अर्थतन्त्रको चिन्ता गरेको होइन ।’

अर्थमन्त्री महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताए । रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीन वटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ भन्ने उनको भनाई छ ।

उनले राजश्वबारे आफू एकदमै चिन्तित भएको बताए । परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठुलो परिवार-परिवार मिलेर बनेको ठुलो परिवार मन्त्री महतले भनाई छ ।

prakash mahat 2