धरान : विजयपुर हस्पिटल र माछापुच्छ्रे बैङ्क ली. धरान शाखाबिच बैङ्कका ग्राहकलाई उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार बैङ्कका ग्राहकले मोबाइल बैङ्किङ, डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा हस्पिटलका विभिन्न सेवामा छुट पाउनेछन्।
हस्पिटलले बैङ्कका ग्राहकलाई भर्ना तथा बेड शुल्कमा १० प्रतिशत, अपरेसन (ओटी) शुल्कमा ५ प्रतिशत, जाँच शुल्कमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिनेछ।
सम्झौता पत्रमा विजयपुर हस्पिटलका अध्यक्ष डा. पङ्कज खतिवडा र माछापुच्छ्रे बैङ्क धरान शाखाका प्रमुख होमराज अधिकारीले हस्ताक्षर गरेका छन्।