इटहरी : पाथीभरा सेकेण्डरी स्कुल इटहरीको पुरानो मध्येको एक हो । इटहरीको इतिहास बनेको पाथीभराले नयाँ पुस्ताको सोच र प्रविधिलाई समेत बोकिरहेको छ । प्रणामी मन्दिरबाट केही उत्तर र भेटघाट चोकबाट पूर्वमा पर्ने पाथीभराले मन्टेश्वरी देखी १० सम्मका कक्षामा नयाँ प्रविधि मार्फत व्यवहारिक ज्ञानमा जोड दिएको छ ।

पुराना भवनलाई प्रविधिमैत्री बनाउने देखी नयाँ पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । विद्यार्थीको आकर्षण बढेसँगै बसको सङ्ख्या ७ बाट १० पुर्‍याउन लागिएको अध्यक्ष निर्मल रिजालले बताए । विद्यार्थीलाई पठनपाठनमा सहज हुने हरेक काममा लागि परेको उनको भनाइ छ ।

संस्कार र सिप सँगसँगै भन्ने नाराका साथ सिपयुक्त विद्यार्थी तयार पार्ने अभियानमा लागेको छ पाथीभरा । ह्युमन भ्याल्यु देखी स्किल सिकाउने कुरामा ध्यान दिएको अध्यक्ष रिजालले बताउँछन् । महिनामा एक दिन 'बुकलेस फ्राइडे' कार्यक्रम ल्याएको र त्यस दिन सिप सँग सम्बन्धित पढाई हुने उनले प्रस्ट पारे ।

यही शैक्षिक सत्रदेखि विभिन्न (फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल) स्पोर्ट्सका प्रशिक्षकलाई नियुक्ति गरेर विद्यार्थीको रुचि अनुसार प्रशिक्षित गराइने उनले सुनाए । विद्यार्थीको शारीरिक तथा मानसिक स्फूर्तिलाई ध्यानमा राखेर पाथीभरा फिटनेस सञ्चालनमा ल्याएको उनी बताउँछन् ।

मन्टेश्वरी देखिनै बालबालिकाले खोजे अनुसारको वातावरण प्रदान गरिएको प्रिन्सिपल डाक्टर गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्टेश्वरीका बालबालिकालाई खेल्दै पढ्न सक्ने र संस्कार सिकाउने विषयमा पाथीभराले कुनै कसर बाँकी राखेको छैन ।

पुस्तकको औपचारिक शिक्षाले भन्दा पनि प्रविधि सँग सम्बन्धित सिकाइ बढी प्रभावकारी हुने डाक्टर श्रेष्ठको बुझाइ छ । युएइमा लामो समय शैक्षिक क्षेत्रमा काम गरेर नेपाल फर्किएका उनले नयाँ शैलीबाट पठनपाठन हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्राइमरी लेभलमा ४ वटा मात्र किताब पढ्नुपर्ने र विज्ञान विषयमा टेक्नोलोजी बेस लर्नीङ सुरु गरेको उनी बताउँछन् ।  आर्ट एण्ड क्राफ्टको कार्यक्रम ल्याएर म्युजिक र लाइब्रेरीमा ध्यान दिइएको श्रेष्ठले सुनाए ।

भ्याल्यु एण्ड कल्चर देखी वेस्ट म्यानेजमेन्टको प्रक्रिया बारे सिकाइने उनले जानकारी गराए । एक विद्यार्थी एक कम्प्युटरको व्यवस्थापन गरेको पाथीभराले प्रोजेक्टर मार्फत सिक्ने सिकाउने कामलाई जोड दिएको छ । साइन्स कारखाना सँग समन्वय गरेर विज्ञान विषयलाई प्राक्टीकल विषयको रूपमा पढाइने डाक्टर श्रेष्ठको भनाइ छ ।

सरसफाइमा विशेष ध्यान दिएको पाथीभराले त्यसको लागि २५ जना ननटिचीङ स्टाफ नियुक्त गरेको बताएको छ । विद्यालयमै नर्सको दरबन्दी राखेर सामान्य बिरामी विद्यार्थीलाई विद्यालयमै उपचार गर्ने वातावरण मिलाइएको छ ।