धरान : धरान आदर्श बोर्डिङ माविले विद्यालयमा १२ कक्षा पुरा गरेर परीक्षाको तयारीमा लागेका छात्र छात्रालाई बिदाइ गरेको छ ।

उनीहरूलाई सोमवार धरान-१५ स्थित चुम्लुङ हिममा सांस्कृतिक कार्यक्रम सहित बिदाइ गरिएको हो । १२ कक्षा पुरा गरेका विद्यार्थीहरू नेपाल परीक्षा बोर्डको वार्षिक परीक्षाको तयारीमा लागेका छन् ।

कक्षा १२ को वार्षिक परीक्षा आउँदो वैशाख १४ गतेदेखी सुरु हुँदैछ ।

बिदाइको अवसरमा कक्षा १२ का छात्र छात्रालाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो । सोही अवसरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापका विधाहरूमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र प्रदान गरियो ।

स्कुलकी अध्यक्ष सुनिता न्यौपाने, प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर मोहन पोख्रेल, फाइनान्स अफिसर फडिन्द्र थापा, कोअर्डिनेटर दिलीप चौधरीले विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

बिदाइको अवसरमा स्कुलका बिद्यार्थीहरुले नृत्य, गीतहरूको प्रस्तुत गरी कार्यक्रमलाई रमाइलो बनाएका थिए ।adarsha-farewellDharan-Adarsha-2