धरान : अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प विजयी भएपछि उनले अमेरिकी नीतिमा ल्याउने बदलाव विश्वमा चासोको विषय बनेको छ ।
राष्ट्रपति निर्वाचित भए लगत्तै ट्रम्पले एक साता भित्र अमेरिकी सरकारको निर्याण पदहरूमा नयाँ र आफ्ना निकटका मानिसहरूको नियुक्ति गरेका छन् । उनको नियुक्तिले अमेरिकी प्रशासनमा आमूल परिवर्तन गर्ने उनको मनासाय प्रतिबिम्बित भएको विश्लेषण गरिदैंछ ।
ट्रम्पले यसअघि भन्दै आएको अवैध आप्रवासीलाई स्वदेश फर्काउने कुरा अहिले अमेरिकाको आन्तरिक नीतिमा सर्वत्र चासोको विषय बनेको छ । मध्यपूर्वको समस्या तथा अरब मुलुकप्रति अमेरिकी नीति पनि उत्तिकै चासोका कुरा बनेको छ ।
राष्ट्रपति ट्रम्पको अमेरिकीलाई समृद्ध बलियो बनाउने नारा उनको विश्व राजनीति र अर्थतन्त्रमा एक प्रभुत्व कायम गर्ने महत्त्वाकाङ्क्षाबाट परिलक्षित भएको विश्लेषकहरूले बताएका छन् । यसको लागि अमेरिकाले समकालीन चीन शक्तिशाली अवरोध भएको निष्कर्ष निकालेको सङ्केत दिएको छ ।
बीबीसीका गैरेथ इवान्सको विश्लेषणमा ट्रम्पको टिममा सामेल हस्तिहरू चीनलाई अमेरिकाको आर्थिक एवै सैन्य प्रभुत्वको लागि मुख्य अवरोध मान्नेहरू छन् । यसबाट ट्रम्प सरकारकाले विश्वका मुद्दाहरू हेर्ने विदेश नीतिमा ठुलो परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।
अमेरिकी विदेश मन्त्री बन्न लागेका मार्को रुवियोले चीनलाई अमेरिकाको अहिले सम्मको सबै भन्दा ठुलो विरोध भएको बताएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न लागेका माइक वाल्टजले अमेरिकाको चीनसँग शीत युद्ध चलिरहेको बताइसकेका छन् ।
संयुक्त राष्ट्र सङ्घमा राजदूत मनोनीत हुन लागेका एलिस स्टेफनिकले त चीनले अमेरिकी चुनावमा दखल दिएको आरोप समेत लगाएका छन् ।
यसअघि डोनाल्ड ट्रम्प राष्ट्रपनि रहँदा अमेरिकासँग चीनको तनावपूर्ण सम्बन्ध थियो । तत्कालीन राष्ट्रपति जोन वाइडनको कार्यकालमा पनि चीनसँगको सम्बन्धमा सुधार आउन सकेको थिएन ।
राष्ट्रपति ट्रम्पले चीनको सन्दर्भमा दिएको पुरानै भनाइहरू दोहोर्‍याउने गरेका छन् । चीनको निर्यात नियन्त्रण, चीनिया उत्पादनमा टेरिफ शुल्क जस्ता कुराले राष्ट्रपति ट्रम्पको चीन नीति कडा रहने सङ्केत दिएको छ ।