धरान : लामो समयदेखि क्यान्सर रोग संग लडीरहेका बलिउड अभिनेता इरफान खान ५४ वर्षको उमेरमा निधन भएको छ ।  मंगलबार, अचानक उनको स्वास्थ्य बिग्रेको कारण उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।

इरफानको स्वास्थ्य बिग्रँदै गएकोले उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। इरफान खानको मृत्युको बारेमा परिवारले आधिकारिक जानकारी गराएको छ ।

इरफान खानलाई भारतिय सिनेमा जगतमा उनको योगदानका लागि धेरै ठूला पुरस्कारहरू प्रदान गरिएको छ। २०११ मा इरफान खानलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।

२०१२ मा उनलाई पान सिंह तोमर फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताका लागि राष्ट्रिय फिल्म पुरस्कार पनि प्रदान गरिएको थियो। उहाँलाई २००४ मा नकारात्मक भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर पुरस्कार प्रदान गरिएको थियो।