धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा २७८जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पुरुष २६७ र महिला ११ जना गरी सङ्क्रमितको सङ्ख्या २७८ पुगेको हो ।

यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २९१२ पुगेको छ ।