धरान : नेपाल कम्युनिस्ट पार्टी धरान नगर कमिटि अध्यक्ष नारायण सुवेदीले एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा निर्माणाधीन खानेपानी आयोजनामा ठुलो दलाली चलिरहेको आरोप लगाएका छन् । शनिवार राति आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै सो आरोप लगाएका हुन ।

उनी धरान उपमहानगरपालिकाको नगर कार्यपालिका र नगर सभामा दुई तिहाइ बहुमत भएको दल नेकपाको धरान नगर अध्यक्ष हुन ।

उनले आयोजनाको काम पुरा हुन नदिई ठेकेदारबाट मोटो रकम हत्याउन केही दलालहरू सक्रिय भएको आरोप लगाएका छन् ।

आयोजनाको पानीबाट संस्थानले पनि करोडौँ कमाइरहेको र दलाललाई कमिसन टक्र्याइ रहेको उल्लेख गर्दै नगरवासीलाई धमिलो पानी खुवाइरहेको आरोप पनि लगाएका छन् ।

उनले नेपाली काँग्रेसले अनुगमनका नाममा गरिरहेको गतिविधि प्रति लक्षित गर्दै कडा शब्दमा आलोचना गरेको छन् ।

खानेपानी जस्तो संवेदनशील विषयमा मेयर तिलक राईले चासो नदेखाएको तथा आफ्ना नन्दि भृङ्गीलाई अगाडि सारेर ताण्डव नृत्य नाचिरहेका आरोप लगाएका छन् ।

Narayan-Subedi-Status