धरान : इटहरीमा पनि कर्फ्यु आदेश जारी भएको छ।
सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभइन्जेल सम्म अनिश्चितकालकालागि कर्फ्यु आदेश जारी भएको हो।
सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले विज्ञप्ति निकालेर कर्फ्यु आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाभित्र पर्ने देहायका चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न कुनै पनि प्रकारको भेला,जुलुस, प्रदर्शन,सभा,बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरिएको छ ।
इटहरी उत्तरतर्फ हलगडा नेपाली सेनाको ब्यारेक देखि पारुहाङ चोक भित्र, पूर्वतर्फ मिलन चौक देखि जुटविकास भित्र देखि, दक्षिणतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिणतर्फ यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्र भित्र र पश्चिमतर्फ कलङ्की मोड देखि जनता बस्ती भित्र सम्म आवतजावत गर्न नपाइने भएको छ ।
karfiu bigyapti
itahri-zng11gngi-1``-itahari