धरान : प्रहरीले झापाको कमलगाँउपालिका–५ बाट विराटनगर–८ का भोला अमात, भारत विहारका आलम खान र दमक–७ का राजिव मण्डललाई बिहीबार ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई ५ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै मेचीनगर–६ बाट अर्जुनधारा–६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ती–४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको छ ।